मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 20 | 09:08 am 1969

कैलाली , कार्तिक ३: कैलालीको गोदावरी नगरपालिका –३ चौकीडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्‍यान गएको छ।

शुक्रबार बेलुका भएको दुर्घटनामा परी मालिका टोलका २४ वर्षिय दिपक भण्डारीको मृत्यू भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

आफैंले चलाएको बाइक दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको उपचारकाक्रममा मृत्यू भएको हो। तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.