मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

रिपोर्ट नेपाल | 2020 Apr 25 | 02:46 pm 2915

बाँके, बैशाख १३ः शनिबार बिहान नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा ड्युटी सकेर घर फर्कने क्रममा एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा  मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी जवान सुवास सार्की रहेका छन् । क्वारेन्टाइनको ड्यूटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो ।

भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कने क्रममा राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाका अनुसार बिहान करीब ३ बजे उक्त दुर्घटना भएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.