मोटरसाइकल चोर्दै गर्दा दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 22 | 01:12 pm 2071

काठमाडौं, भदौ ६: मोटरसाइकल चोरी गरेको अभियोगमा काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका ३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका ७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार काठमाडौं महानगरपालिका १५ सितापाइला डेरा गरी बस्ने धादिङ गजुरी घर भएका दिपक भण्डारीको डेरा अगाडी पार्किङ गरी राखेको बा ३६ प ८५३२ नम्वरको मोटरसाइकल गएराति चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई

महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.