बर्दिया, मंसिर १६ : राजापुर नगरपालिका ७ शान्तिपुरबाट सोही ठाउँको १८ वर्षीय चन्द्रप्रकाश चौधरी समेत गरी ३ जनालाई मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
राजापुर नगरपालिका ८ धोबिनपुर बस्ने हरिकृष्ण चौलागाईको घरबाट भे.६ प १७६६ नम्बरको मोटरसाइकल चोरी भएकाले खोजी गर्ने क्रममा उक्त मोटरसाइकल सहित ३ जनालाई फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।