काठमाडौं, फागुन ९: काठमाडौं गौशालाबाट मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २२ वर्षीय सुरेश अधिकारी र मोरङ घर भएका २४ वर्षीय निश्चल रेग्मी रहेका छन् ।
काठमाडौं महानगरपालिका–९ विजय चोक बस्ने ताप्लेजुङका नरबहादुर राईको बा.४२ प ९७५५ नम्बरको मोटरसाइकल विजय चोकबाट हराएको भनी महानगरीय प्रहरी वृत्त गौशालामा खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल डोर्याएर हिँडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।