मोटरसाइकलको ठक्करले तामाङको मृत्यु

रिपोर्ट नेपाल | 2018 Oct 18 | 03:16 pm 2429

काठमाडौं, कात्तिक १ : स्वयम्भु ठूलोभर्यारङमा मोटरसाइकलको ठक्करले आज एक पैदल यात्रुको उपचारको क्रममा मृत्यु भएको छ ।

नवमीको दिन बा.२६ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं स्वयम्भू सानोभर्याङ बस्ने वीरबहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको बुझिएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिक ७ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट घाइते भएका तामाङलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याइएको थियो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.