मोटरसाइकलको ठक्करबाट श्रेष्ठकाे मुत्यु

रिपोर्ट नेपाल | 2021 Mar 12 | 08:39 am 1897

नुवाकोट, फागुन २८: बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडकखण्डको गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरमान श्रेष्ठ रहेका छन्।

पैदल हिँडिरहेका श्रेष्ठलाई बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

उनका अनुसार ठक्कर दिने वा प्र ०२–०१९ प ६०७९ नम्बरको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.