इलाम, असार १८ । जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स र मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मुल्य बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो ।
सो गाडीभित्र डिजेल पाईप ८ थान, ब्याक लाईट कभर १० थान, इन्डिकेटर लाईट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाईट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको हो ।
बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारवाहीको लागि पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको छ ।