मैले श्रीमानको हत्या गरें भन्दै प्रहरी चौकी पुगिन् एक महिला

| 2020 Dec 28 | 03:46 pm 1849

रुकुम, पुस १३ः एक महिला ‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै प्रहरी चौकी पुगेकी छिन् । प्रहरी चाैकी पुग्नेमा रुकुमको मुसिकोट नगरपालिका– ८ घोरखानी, किटेनीकी ५० वर्षीया डल्ली बुढा रहेकी छिन् ।

उनले घरायसी विवादमा धारिलो चक्कु हानेर श्रीमान् चित्रबहादुर थापाको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

आइतबार बिहान ४ बजेको समयमा हत्या गरेर बेलुकी सवा ५ बजेतिर ‘मैले श्रीमानको हत्या गरें’ भन्दै आफै कार्यालयमा आएको डिएसपी केसीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो ।

प्रहरी घटनास्थल पुग्दा चित्रबहादुरको शव उनकै घरभित्र भेटिएको केसीले जानकारी दिए । श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया थालिएको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.