मेयर साहले साधु संन्तलाई झुक्याई लाखौ रकम ठगीगरेको पीडितको आरोप

रिपोर्ट नेपाल | 2021 Aug 29 | 06:42 pm 3041

महेश सिंह सिरहा, भदौ १३ः सिरहाको लहान नगरपालिकाको मेयर मुन्नी साह सुडीले जग्गा खरिद र मन्दिर निर्माण गर्ने नाउँमा एक जना संग ६२ लाख ५० हजार ठगी गरेको छ ।

धनगढीमाई नगरपालिका वडा नम्बर ४ निमचौक बस्ने नन्दी महतो कोईरी (गुमस्ता जि) संग उक्त रकम ठगी गरेको पीडित र पीडित परिवारका सम्पूर्ण सदस्यहरुले मेयर सुडी माथी आरोप लगाएका हुन् । नागरिकता अनुसार ९० बर्ष र बास्तविक रुपमा १ सय ३ बर्ष पुगेका वृद्ध (गुमस्ता जि) अजभोली दिनहु रोई रहेका छन् ।

उनले भने मेयर साबलाई म धेरै विश्वास गर्थे, उहाँ संग हाम्रो बर्षौ देखि राम्रो सम्बन्ध थियो, स्थानीय तहको निर्वाचनमा उनलाई जिताउन मैले धेरै साथ दिएको छु, उनीसंग हाम्रो घनिष्ठ सम्बन्ध थियो, सम्बन्ध राम्रो रहेको कारण बेचेको घरको सम्पूर्ण पैसा (बिना कागज) बिश्वासमा मैले मेयर साबलाई दिए । छोरा, छोरी, नाति, नातिनीले घर नबेच्नु भनेर मलाई पटक पटक भनिरन्थ्यो, मैले कसैको कुरा सुनिन (गुमस्ता जि) ले पत्रकार सम्मेलनमा सुनाए ।

एउटा गल्तीले यस्तो अति बृद्व अवस्थामा पनि छोरा, बुहारी, नाति, नातीनी लगायत घरपरिवारको तनावमा उनी अहिले बस्न बाध्य छन् । स्थानीय तहको निर्वाचन हुन् आगावै करिब २०७१ सालमा गुमस्ताले लहान ४ को आफ्नो निजि घर बेचेका थिए । ५५३ कित्ता नमबर १० धुर क्षेत्रफल रहेको उक्त घर सहितको जग्गा ५२ लाख ५० हजारमा बेचेको पत्रकार सम्मेलनमा उनले बताए ।

उक्त पैसा मध्ये १० लाख ब्याजमा लगाई बाँकी रहेको पैसा जग्गा खरिद र मन्दिर निर्माणमा लगाउन मेयर सहेबलाई मैले भने ब्याजमा लगाएको १० लाख रुपैयाको ब्याज थप १० लाख भएको छ भनेर केही बर्षपछि मलाई मेयर भन्नुभयो ।

मेरै पैसाले लहान नगरपालिकाको जे एस मुरारका क्यामसको पुर्व पट्टि मन्दिर निर्माण गर्न मेयर साबले २ कठ्ठा जग्गा पनी किनिदियो । हनुमान मन्दिर निर्माण पनि भयो ।

लहान ४ मा रहेको घर सहितको जग्गा मालपोतमा पास गराउन मेयर साबको दवावमा भतिज मनोज कुमार महतोलाई सनाखतमा जबरजस्ती लगेको पारिवारिक स्रोतको आरोप छ ।

गुमस्ता जिका ३ छोरा बुहारी र २ छोरी, ज्वाई छन् । केही महिन अघि उनको श्रीमती बितेका छन् । दर्जनौ नाति नातिनी रहेको गुमस्ता जि एक प्रतिष्ठित ब्यक्ति भएको स्थानीयहरु बताउँछन् । मेयरले बनाईदिएका लहान स्थित मन्दिरमा मुख्य पुजारी भएर बस्दै गरेको उनी आजभोलि आफ्नो छोराको घर निमचैकमा आएका छन् ।

मेयरले जग्गा परिवारको नाममा गर्दैन भने हामी लहानमा शान्तिपुर्ण धर्ना दिन र आन्दोलन गर्न तयारीमा रहेका छौं, परिवारको भनाई छ ।

सत्य तथ्य रुपमा छानबिन गरी न्यायका लागि प्रहरी प्रशासन र पत्रकारसंग उनी र उनको सम्पूर्ण परिवारले सामुहिक रुपमा गुहार गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.