मेयर शाक्यले व्यक्तिगत खातामा एक अर्ब लुकाएको उपमेयरको आरोप

रिपोर्ट नेपाल | 2019 May 08 | 05:27 pm 1331

काठमाडौं, वैशाख २५ :  काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर विद्यासुन्दर शाक्यले कसैलाई थाहा नदिई महानगरको एक अर्ब रुपैयाँ व्यक्तिगत खातामा जम्मा गरेको आरोप लगाएकी छिन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उपमेयर खड्गीले मेयर शाक्यविरुद्ध सो आरोप लगाएकी हुन् ।

बुधबार आयोजित कांग्रेस जागरण अभियानमा क्रममा खड्गीले भनिन्, ‘म मेयरसाप जस्तो असंस्कारी होइन, उहाँ त निधारमा चन्दन लगाएर पशुपति पनि पुग्नुहुन्छ, बौद्ध पनि पुग्नुहुन्छ, सम्पदा मास्न लागिपर्नुभएको छ ।’ उनले भनिन्, ‘महानगरपालिकाको एक अर्ब बजेट उहाँले कसैलाई थाहै नदिई व्यक्तिगत खातामा राख्नुभएछ, लामो समयपछि मात्र थाहा पाएँ । उहाँको यो कार्य देखेर छक्क परेकी छु ।’

कार्यक्रममा उनले खुलामञ्चमा पसल राख्ने कार्यको विरोध गर्दा पनि मेयर शाक्यले केही प्रतिक्रिया नदिएको आरोप लगाइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.