मेयर रेणु दाहाललाई फेसबुकमा असहज शब्द लेख्ने एक युवक पक्राउ

| 2019 Sep 30 | 07:10 am 2132

चितवन, असाेज १३: भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्रमाथि खलल पुग्ने गरी फेसबुकमा असहज शब्दहरू पोष्ट गरेका एक युवकलाई  प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा पशुपति श्रेष्ठ रहेका छन् । उनलाई आइतबार चितवन प्रहरीले पक्राउ गरेको हो । प्रहरीकाे अनुसार श्रेष्ठलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने तयरी गरिरहेकाे बुझिएकाे छ ।

गत शनिबार दिउँसो नेपालका लागि नेपाली अभियानका अभियानकर्ता ज्ञानबहादुर शाही भरतपुरमा कुटिएपछि त्यसको दोष लगाउँदै मेयर रेणुविरूद्ध केही फेसबुक प्रयोगकर्ताले जथाभावी लेखेर पाेष्ट गरेका थिए।

त्यसपछि भरतपुर महानगरपालिकाको कार्यालयले रेणुविरुद्ध जथाभावी लेख्नेलाई पक्राउ गर्न मागसहित जाहेरी दर्ता गरेको थियो । महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो।

उजुरीको जानकारी गृह मन्त्रालय र प्रहरी मुख्यालयमा पनि गराइएको छ । शाही कुटिएपछि सामाजिक सञ्जालका केही प्रयोगकर्ताले रेणुलाई त्यसको दोषी देखाउँदै असहज तस्बिर फेसबुकमा पोष्ट गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.