महेश सिंह, सिरहा भदौ १३ः यातायात मजदुरहरुले सिरहाको लहानमा बिहिवार देखि चरणबद्व रूपमा निरन्तर आन्दोलनमा उत्रिएका छन् । लहान नगरपालिका लगायत सो नगरपालिकाका नगर प्रहरी र लहान ट्राफिक प्रहरीविरुद्ध उनीहरुले प्रदर्शन गरिरहेका छन् ।
बिहिवार प्रहरीहरुले आधिकारिक रुपमा कुनै सूचना नदिई आफूहरुको काउण्टर भित्रबाट लाखौ मुल्य बराबरको सरसामान र कागजातहरु जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको भनाई छ ।
कानुनी अनुमति पाएका आधिकारिक डाका जस्तो नाटकिय रुपान्तरणमा दिउँसो एकहुलमा आई उक्त समानहरु एक्कासि लुटेर लगेको मजदुरहरुले बताएका छन् । कुनै पनि अफिसको कागज र सामानहरु बर्दी लगाएर लग्नु अपराध भएको उनीहरुको ठहर छ ।
लहानका मेयर मुन्नी साह सुडि साबको डिजाईनमा पटक पटक लहानका यातायात ब्यवसायीहरुलाई नगर प्रहरी, ट्राफिक प्रहरीले दुःख दिने गरेको सगरमाथा बस ब्यवसायी प्रा.लि लहानले जनाएको छ ।
प्रा.लिका सम्पूर्ण पदाधिकारीहरुले शुक्रवार लहान ८ स्थित आफ्नै निजि कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो ।
सिरहा जिल्लाको लहान नगरका प्रमुख सुडी ज्यु एउटा यस्तो मेयर हो । जो जबरजस्ती निर्णय गराएर एकलौटी तवरले शासन लाद्ने गरेको उनीहरुको बुझाई छ ।
पटक पटक बस पार्कलाई ब्यवस्थित गर्न नगरपालिका र यातायात व्यावसायी बिचमा औपचारिक र अनौपचारिक रुपमा सहमति भएको हो, हामी नगरपालिकाले बसपार्क ब्यबस्थित गर्न तयार छौं, प्रालि लहानका अध्यक्ष हरीनारायण यादवले बताए ।
यात्रुलाई सुबिधा दिने हकमा हामी काउन्टर जहाँ पनि राख्न सक्छौ यो हामी ब्यवसायी र यात्रुको अधिकार भित्र पर्छ भन्दै उनले भने, काउन्टरको भाडा नगरपालिकाले तिर्ने हैन त्यो हामीले तिर्ने हो ।
यात्रुलाई सुविधा दिने बैकल्पिक पार्कहरु ठाउँ ठाउँमा दिएमा मात्र बसपार्क ब्यबस्थित हुने र यात्रुहरुको अधिकार सुरक्षित रहने उनीहरुले तर्क गरेका छन् ।