मेडिसिटी अस्पतालका डा. रोहितकुमार झा बलात्कार प्रयासको आरोपमा अस्पतालबाटै पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 25 | 07:11 pm 3320

ललितपुर, मंसिर ९ : ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार डा. झालाई सोमबार साँझ अस्पतालबाटै नियन्त्रणमा लिइएको छ ।

एसएसपी राईका अनुसार आइतबार सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी एक युवतीलाई इमरजेन्सी वार्डसँगैको कोठामा झाले बलात्कार प्रयास गरेको आरोप लागेको छ। पक्राउ परेका झा मेडिसिटी अस्पतालमा इमरजेन्सी विभागमा कार्यरत छन्।

उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा. झाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन्। परिसरका डिएसपी सन्तोष तामाङका अनुसार डा. झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.