काठमाण्डौ, मंसिर १८/ सरकारले डा. चाेपलाल भुसाललाई मेडिकल काउन्सिलकाे अध्यक्षमा नियुक्त गरेको छ। गत मंसिर १३ गतेको मन्त्री परिषदकाे बैठकले भुसाललाई नियुक्त गरेको हाे। नाक, कान र घाटीका विशेषज्ञ भुसालले यस अघि पनि सरकारबाट दिइएको विभिन्न जिम्मेवारी सफलताका साथ निर्वाह गरेका थिय । डा. भगवान काेइरालाकाे अवधि सकिएपछि भुसाललाई नियुक्त गरिएको हाे।