मेडिकल काउन्सिलको लोगो किर्ते गर्ने दुई व्यक्ति पक्राउ

| 2023 Jun 22 | 11:37 am 2905

काठमाडाैं, असार ७ ।  डाक्टर पास भइसकेपछि लाइसन्स निकाल्नका लागि लिइने परीक्षाकाे तयारी गराउने भन्दै अनधिकृत रुपमा काउन्सिलकाे  लाेगाे किर्ते गर्ने ईन्सिच्युट स‌ंचालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

PPM Assciution Pvt. Ltd. नामक ईन्सिच्युटले www.ppm.com.np  बाट नेपाल मेडिकल काउन्सिलको स्वीकृति विना काउन्सिलको लोगो,नाम तथा परिक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर NMCLE Preparation Class संचालन गरेको कसुरमा संलग्न दुई जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धानको टोलीले पक्राउ गरी थप अनुसन्धान एंव कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको प्रहरी उपरिक्षक मिलन केसीले जनाएका छन् ।

यसरी पक्राउ पर्नेमा अन्नपूर्ण ४, कास्की स्थायी घर भएका   वर्ष २४ का  नविन पौडेल   र पाेखरा २ कास्की स्थायी ठेगाना भएका वर्ष २४ कै आशिष अधिकारी रहेका छन् ।  उनीहरुलाई बानेश्वरबाट पक्राउ गरिएकाे हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.