मेडिकल कलेजमै अध्ययनरत विद्यार्थीलाई गलत औषधि दिएर मृत्यु भएको भन्दै विद्यार्थीद्वारा तोडफोड

| 2018 Aug 05 | 03:22 pm 2145

भैरहवा, साउन २० : भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा बीडीएसमा अध्ययनरत एक विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि विद्यार्थीहरुले नै अस्पतालमा तोडफोड गर्दै नाराबाजी गरेका छन् । आईसीयूमा उपचारको क्रममा उनका आइतबार निधन भएपछि उपचारमा लापरवाही भएको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले साहलाई दिइएको ‌गलत औषधिका कारण उनको मृत्यु भएको दाबी गर्दै अस्पताल परिसरमा नाराबाजी गरिरहेका छन् । जनकपुर स्थायी घर भएका महादेव साहको शरिरमा खटिरा आएपछि उनी अस्पतालमा उपचारका लागि भर्ना गरिएका थिए ।

हाल अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.