मेगा बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

रिपोर्ट नेपाल | 2018 Sep 06 | 05:40 pm 2851

काठमाडौं, भदौ २१ : मेगा बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंककी सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविनादेशराज श्रेष्ठ र एनएलजी इन्स्योरेन्स कम्पनीका कायममुकायम सीईओ सुनिलबल्लभ पन्तले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले मेगा बैंकका सबै शाखाबाट एनएलजी इन्स्योरेन्समा निर्जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौताले घर, गाडी, व्यवसाय, दुर्घटना बिमालगायतका निर्जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकलाई सुविधा हुने मेगा बैंक दाबी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.