मेक्सिकोमा यस वर्ष मात्रै नौ पत्रकारको हत्या

रिपोर्ट नेपाल | 2018 Sep 22 | 04:50 pm 1832

मेक्सिको, असोज ६ : बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् ।

यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ । मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको उनको पत्रिकाले शुक्रबार जनाएको छ । एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो।

“उहाँलाई हालै मात्र विभिन्न खालको चेतावनी तथा धम्कीहरु आएका थिए” उनका सहकर्मीहरुले नाम नबताउने शर्तमा भने।

पत्रिकाले दिएको जानकारी अनुसार गोमेज याजालोन शहरका सामान्य संवाददाता हुनुहुन्थ्यो । दुई जना अपरिचित व्यक्तिहरुले उनलाई हत्या गरेको बताइएको छ।

गोली प्रहार भएलगत्तै ३५ बर्षीय गोमेजलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो । “हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौँ,” पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ।

सरकरी पक्षले पनि घटनामा संलग्नहरुको खोजी भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.