मेक्सिकोमा भएको इन्धन पाइपलाइन विस्फोटमा परी २१ को मृत्यु, ७१ घाइते

रिपोर्ट नेपाल | 2019 Jan 19 | 01:30 pm 1928

मेक्सिको सिटि, माघ ५ : मेक्सिकोमा इन्धन पाइपलाइन विस्फाेट भएकाे छ । अन्तर्रािष्टय सञ्चारमाध्यमका अनुसार साे विस्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार मेक्सिकोको मध्य भाग स्थीत हिडाल्गो राज्यमा भएको सो विस्फोटनमा परी अन्य ७१ जना घाइते भएकाे जनाइएकाे छ।

स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा घटना भएको हो । इन्धन सङ्कलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ ।

पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएका हिडाल्गोका गर्भनर ओमार फायाडले बताएका थिए । उपचारका क्रममा थप एककाे मृत्यु भएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.