मुस्ताङमा विप्लवका दुई कार्यकर्ता पक्राउ

| 2022 Nov 14 | 11:37 am 1793

मुस्ताङ, कात्तिक २८: नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव) समूहका दुई कार्यकर्तालाई मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मुस्ताङ जिल्ला इञ्चार्ज शुशिला विक र प्रकाश विक रहेका छन् ।

निर्वाचन विरोधि गतिविधि गरेको भन्दै विप्लवका दुई कार्यकर्तालाई मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गरौं, निर्वाचन खारेज गर लगायतका निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने,पर्चा पम्प्लेट टाँस्ने र भित्ते लेखन गर्दै हिँडिरहेको अवस्थामा  उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.