मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jul 06 | 03:51 pm 4048

मुस्ताङ , असार २२ : मुस्ताङको स्याङबोचेमा सडक निर्माणको काम गरिरहेको टिपर दुर्घटन परि १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखी झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा२ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार स्याङबोचेमा खाना खाएर तामाखोलामा काममा जाने क्रममा टिपर अनियंत्रित भएर सडकदेखि करिब ६० मिटर तल खोलामा खसेको बताएका छन् । बाकी घाइतेलाइ जिल्ला अस्पताल जोमसोममा ल्याइदै छ ।

घाइते र मृत्यु भएका सबैलाई उद्दारको लागी काठमाडौ बाट इयर डाइनास्टिक हेलिकप्टर मगाइसकेको उनले बताए । साथै उद्दारमा थप बल प्रयोग गर्नको लागी सेनाको हेलिकप्टर माग्नको लागी पनि गृहमन्त्रीलाइ पत्राचार गरिसकेको उनले बताए। अब उक्त सेनाको हेलिकप्टर पनि करिब आधा घन्टामा काठमाडौबाट उद्दारको लागी उड्ने उने बताए ।

प्रत्यक्ष दर्शी दिलिप खड्का अनुसार दुई जनाको उपचार हुन नसक्दा मृत्यु भएको हो ।  पोखराबाट अाएकाे नेपाली सेनाको हेलिकेप्टरले घाइतेहरुको उद्धार गरिरहेकाे समते उनले बताए । लोघेकर दामोदरकुण्ड गाउपालिका अन्तरगतको कालीगण्डकी करिडोर अन्तरगत सडक स्तरबृद्दी भैरहेको स्थानमा उक्त दुर्घटना भएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.