मुसीकोटमा गठन भयो एलायन्स क्लब

रिपोर्ट नेपाल | 2023 Aug 13 | 03:56 pm 1585

गुल्मी, साउन २८ ।  मुसिकोट नगरपालिकामा रामकृष्ण कंडेलको अध्यक्षतामा एलायन्स क्लब गठन भएको छ ।

वामीटक्सारस्थित रुद्रावती वहुमुखी क्याम्पसको सभाहलमा शनिवार आयोजित प्रथम भेलाले रामकृष्ण कंडेलको अध्यक्षतामा एलायन्स क्लव अफ गुल्मी मुसिकोटको कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा चन्द्र खरेल, भुपेन्द्र रायमाझी र सावित्रा विष्ट रहेका छन् । यसैगरी सचिवमा विमल छन्तेल, कोषाध्यक्षमा प्रविना परियार जनसम्पर्क अधिकृतमा नारायण सापकोटा चयन हुनुभएको छ भने सदस्यहरुमा  क्रमश: रेशम कुँवर,धर्मेन्द्र नेपाली,लेखनाथ कंडेल, वावुराम अधिकारी,सन्दिप खत्री,अमर रेश्मी, सुन्दर प्रधान,राजेश रायमाझी रहेका छन् ।

यसक्षेत्रका समाजसेवी व्यक्तिहरु अग्निधर लोहनी,नारायण बहादुर थापा,नरेशराज खरेल,लोकबहादुर कार्की,बोमबहादुर छन्तेल,बिष्णुध्वज खाती र चुरावहादुर खत्रीलाई क्लवको सल्लाहकारमा चयन गरिएको छ ।

क्लबलाई व्यवस्थित ढंगवाट अगाडि बढाउनका लागि  विभिन्न विभाग र विभाग प्रमुख चयन गरिएको छ। जसमा कृष्ण बिश्वकर्मा बोर्ड अफ डाईरेक्टर, डिल्लीराज अर्यालको संयोजकत्वमा अर्न्तराष्ट्रिय सम्पर्क विभाग, बोम बहादुर छन्तेलको संयोजकत्वमा प्रशिक्षण तथा स्कुल विभाग र  सामाजिक विभागमा चन्द्र घर्ती चयन भएका छन् ।

हालसम्म आफूले आर्जन गरेका अनुभवहरुको सदुपयोग गरी  एलायन्स क्लब अफ गुल्मी मुसिकोटले समाज रुपान्तरणका लागि  योजना सहित काम अगाडि बढाउने नवनिर्वाचित अध्यक्ष रामकृष्ण कंडेलले बताए । समाजका सबैपक्षहरुसँग सह‌कार्य गर्दै रचनात्मक कामहरुलाई  महत्वदिने अध्यक्ष कंडेलको भनाई रहेको छ।

‘समाजलाई सहि दिशातिर अगाडी बढाउन साथै आवाज बिहिनहरूको आवाज, असहायहरुको साहाराको रूपमा एलायन्स क्लब अफ गुल्मी मुसिकोटलाई बनाईने’ अध्यक्ष कंडेलको प्रतिबध्दता रहेको छ।

बिश्वका करिब ३७ राष्ट्रमा कृयाशिल एलायन्स क्लबको शाखा गुल्मीका १२ पालिकामध्ये पहिलो पटक मुसिकोट नगरपालिकामा गठन भएको छ । भेलाको अध्यक्षता स‌माजसेवि नारायण बहादुर थापाले गर्नु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.