मुसिकोट नगरपालिकाले खानेपानीको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छः नगरप्रमुख सापकोटा

| 2021 Jan 24 | 01:57 pm 2653

कौरव खत्री गुल्मी, माघ १०ः मुसिकोटमा अमलडाडा खालधारा खानेपानी तथा सरसफाई योजनाको उद्घाटन गरिएको छ ।

No description available.

शनिवार खानेपानीको उद्घाटन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिकाले खानेपानीको क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेको बताएका छन् ।

वडा नं ३ मा अमलडाडा खालधारा खानेपानी तथा सरसफाई योजनाको उद्घाटन गर्दै सापकोटाले एक घर एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । खानेपानीको पहुँच भन्दा बाहिर रहेका झण्डै ७ हजार ५ सय घरधुरीमध्ये अहिले ३५ सय घरधुरीमा खानेपानी पुग्नु ठुलो उपलब्धी भएको उनको भनाई थियो ।

No description available.

पहिले डोकोमा बोकेर कष्टकर रुपमा कुवा र ताल तलाउको पानी खान बाध्य स्थानीयको अहिले भने घर घरमै धारो पुगेको भन्दै उनले नागरिक समक्ष जारी गरेको प्रतिबद्धता पुरा हुने चरणमा रहेको स्पष्ट पारे।

उक्त खानेपानी योजना लुम्बिनी प्रदेश सरकार र मुसिकोट नगरपालिकाको ७२ लाख र स्थानीयहरु सहयोगमा झण्डै १ करोडको लागतमा सम्पन्न भएको हो । आयोजनाबाट १ सय ५६ घरधुरी लाभान्वित भएका छन् । उद्घाटन समारोहमा आयोजनालार्ई सफल बनाउन सहयोग पुर्याउने उपभोक्ता समिति पदाधिकारी र अन्य क्षेत्रबाट योगदान पुर्याउनुहुने सरोकारवालाहरुलाई सम्मान समेत गरिएको थियो ।

No description available.

कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले खानेपानी योजना सफलता पूर्वक निर्माण सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई बधाई दिँदै मानिसको रगत र पानीको विकल्प भएकोले यसको दिगो व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा मुसिकोट नगरपालिका वास संयोजक सिता भुषालले खानेपानी आयोजनाहरु वर्षौसम्म टिकाई राख्न उपभोक्ता समितिका पदाधिकारीहरुलाई नगरपालिकाले प्राविधिक तालिम दिँदै आएको बताए । उनले आयोजना सम्पन्न मात्रै हुनुभन्दा पनि त्यसको उपभोग चीरकालसम्म हुने गरी काम गर्न आग्रह गरे।

No description available.

कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगरपालिका छाँया सरकार प्रमुख झविलाल भण्डारी, मुसिकोट नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारी, मुसिकोट नगरपालिका वडा न २ का वडाध्यक्ष लक्ष्मण खत्री, वडा नं ४ का वडाध्यक्ष ओम बहादुर केसी वडा न ८ वडाध्यक्ष एवम् एक घर एक धारा संयोजक नारायण सापकोटा, वडा ३ का वडाध्यक्ष कर्णध्वज जि.सि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा खानेपानीका समिति,प्राविधिक तथा खानेपानीका विभिन्न क्षेत्रमा रहेर योगदान गर्नुहुने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

त्यस्तै यस आर्थिक वर्षमा थप १० वटा आयोजनाहरु सम्पन्न हुने र जसबाट थप १ हजार घरधुरीमा खानेपानीको धारा पुग्ने नगरपालिकाले जनाएको छ । ५ वर्षे कार्यकाल भित्र नगरपालिकाले प्रत्येक नागरिकको घरमा एक घर एक धारा पुर्याउने अठोट लिएको छ ।

No description available.

मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिलेसम्म ३२ वटा खानेपानी आयोजना सम्पन्न हुँदा ३ हजार ५ सय घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

कार्यक्रम अमलडाडा खालधारा खानेपानी तथा सरसफाइ उपभोक्क्ता समितिका अध्यक्ष गणेशलाल भण्डारीको अध्यक्षता वडा सदस्य गणेश कुंवरको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने तोलादी प्राविका प्रधानाध्यापक मधु मल्लले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.