- महेश सिंह महतो
सिराहा, असार २६: तीनदिन देखि लगातार परेको भुसलधारे वर्षाले तराईका विभिन्न ठाँउमा पनि जमेको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले देशभर वर्षा भइरेहको हो । अझै दुई, तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सिरहा, सप्तरी, धनुषा, मोहोतरी लगायतका जिल्लाहरुमा बिहीबार बिहानै देखि परेको मुसलधारे वर्षाले बजार, कलकारखाना बन्द रहेको छ। बाहिरबाट आएको यात्रुलाई गन्तव्य तर्फ पुग्न गाह्रो भएको स्थानीय रिझन यादवले बताए ।
सिराहाको बसपार्क, होटेल, हस्पिटल र सार्बजनिक ठाँउहरुमा यात्रुहरुको भिडलागेको देखिन्छ। तर, यता किसानहरु भने खेतीगर्नमा ब्यस्त छन्।
मौसमविद्का अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुने बताए । वर्षाले तराईका अधिकांश नदी, तलाउ, पोखरीहरु जलमग्न भएको छ ।