मुलुक समृद्धिको यात्रामा अघि बढिरहे अध्यक्ष प्रचण्डकाे दाबी

रिपोर्ट नेपाल | 2018 Nov 23 | 05:40 pm 1932

काठमाडौँ, मङ्सिर ७ :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका छन् । शिख धर्मका संस्थापक गुरु नानकको ५ सय ४९ औं जन्मजयन्तिको अवसर पारेर शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले शिख धर्मका अनुयायीहरुको संकल्प र प्रतिवद्धताले नेपालको समृद्धिको यात्रालाई अघि बढाउन ठूलो योगदान दिने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले नेपालको सडक सञ्जाल विस्तारमा शिख समुदायले खेलेको भूमिकाको पनि खुलेर प्रशंशा गरे । उनले भारतलाई स्वतन्त्र बनाउन शिख समुदायले उल्लेख्य योगदान दिने तथ्य पनि स्मरण गराए ।

शिख समुदायले आज आफ्ना गुरु नानकको जन्मजयन्तिको अवसर पारेर शुभकामना आदानप्रदान गरिरहेका छन् । त्यस अवसरमा अध्यक्ष दाहालले पनि शिख समुदायको सुःख, शान्ति र समृद्धिको कामना पनि गर्नु भयो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरी पनि सहभागी भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.