‘मुलुकी संहिताले त्रास जगायो’

| 2018 Sep 03 | 12:39 pm 1804

बुटवल, भदौ १८: प्रदेश नम्बर ५ का कानुन आयोगका अध्यक्ष डा कुमार शर्माले पत्रकारले उठाएको कुरा आशंका मात्रै भएको बताएका छन् । पत्रकारको लागि मात्रै भनेर संहितामा उल्लेख नगरिएको भन्दै अध्यक्ष शर्माले यसमा आशंका नगर्न सवै पक्षलाई आग्रह गरे ।
रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकी ऐनभित्र सबै पेशा मर्यादित र स्वतन्त्रता रहेको उनले बताए ।

उनले भने सञ्चार सम्बन्धी कानुन बन्दै गरेको कारण सञ्चार सम्बन्धी हकमा उल्लेख हुन्छ,यो कानुनले छुदैन ।
व्यक्तिले अराजकता ल्याउने भएको कारण अहिलेको संहिताले रोक्न खोजेको भन्दै सञ्चार कानुन संहिता भन्दा पनि माथि हुने भएको कारण यसमा आत्तिन नहुने उनको भनाइ छ ।

पछिल्लो समयमा चिकित्सकहरुको आन्दोलन सरकारलाई असहयोग प्रदानगर्नको लागि गरिएको हुन सक्ने संभावना रहेको बताए । एक बर्ष पहिला देखि नै सरकारले संहिता बजारमा ल्याएपनि अहिले आएर यस विषयमा चिकित्सकहरुले आन्दोलन गर्नु गलत रहेको उनको भनाई छ ।

चिकित्सकहरुले अहिले उठाएको कुरा भय बाट प्रताडित भएको धारणा राखे । हिजोको दिनमा पनि चिकित्सकलाई कारवाही गर्न सकिने भन्दै तर अहिले आएको संहिताले एककिृत मात्रै गरकेो बताए । असल नियतले गरेको कार्यले जुन सुकै क्षेत्रमा पनि सहज हुने भन्दै कानुन आयोगका अध्यक्ष डा शर्माले चिकित्सकहरुलाई पेशागत सुरक्षा जरुरी रहेको र स्वतन्त्रता आवश्यक रहेको बताए ।

अहिलेको आन्दोलन बदनियतपुर्वका कार्य गर्न नहुने कुरा संहिताले उल्लेख गरेको जानकारी दिए । कुनै पनि व्याक्तिले जे मन लाग्यो त्यहि गर्न पाउनुपर्छ भन्ने धारणा गलत रहेको उनको भनाई रहेको थियो ।

मेडिकल काउन्सीलमा भएकै कुरा अहिले संहितामा आएको भन्दै उनले केही डर भय चिकित्कहरुमा रहेको भय हटाउनुपर्ने बताए ।
प्रदेश नम्बर ५ का आन्तरिक मामिला सचिव मान बहादुर विश्वकर्माले चिकित्सा क्षेत्र र पत्रकारिता क्षेत्रमा केही निरुत्साहित गरेको भन्ने आवाज आउन थालेको बताए ।

मुलुकी संहिता भनेको मुलुकलाई व्यवस्थितगर्नको लागि बनेको भन्दै यसले कारवाही गर्ने वा दण्ड गर्ने यसको मुख्य ध्येय नभएको बताए । उनले कतिपय त्रुटीहरु सच्चाएर जानुपर्ने भन्दै मुलुकलाई अनुशासनमा राख्नको लागि संहिता आएको बताए ।

स्वास्थ्य सेवा अत्यावश्यक सेवा अन्र्तगत रहेको भन्दै संविधानमा रहेको स्वास्थ्य सेवा बन्द गर्न नहुने कुलाई एउटा कानुको बर्खिलापमा अर्को कानुन आएकोले चिकित्सकहरुको आन्दोलनलाई रोक्नुपर्ने बताए ।

अहिलेको अवस्था अविश्वासको कारण समस्या सृजना भएको सचिव विकको भनाई रहेको छ ।
चिकित्सकहरुले गरेको गल्तीको छानविन गर्नुपर्ने गरी उल्लेख गरिएको संहितामा त्यो छानविन विना नै गल्ती कमजोरी बाहिर नआउने भन्दै छानविन आवश्यक रहेको बताए ।

नेपाल चिकित्सक संघ लुम्बिनीकी अध्यक्ष डा नन्दा गुरुङले मुलुकी ऐनमा अनुभवको आधारमा भन्ने बुँदा अस्पष्ट भएको बताईन् । स्वास्थ्य सम्बन्धी राखिएको दुई नम्बर बुँदा खारेज गर्न माग गरिएको बताईन् । २१ औ सताब्दीमा पनि डाक्टरहरुलाई कानुन लगाउने कैद र जरिवानाको कुरा जायज नरहेको उनको भनाई रहेको थियो ।

चिकित्सकलाई जन्मकैदको विषय अहिले सम्मकै ईतिहासमा नभएको भन्दै चिकित्सकहरुले जानजान गल्ती गर्न नसक्ने उनको भनाई रहेको थियो ।

चिकित्सकहरुले जानाजान हेल्चेक्राई गर्न नसक्ने भन्दै यस्तो कुरामा पनि चिकित्सकलाई सिकाउने गरी आएको ऐनको विरोध गरिएको उनको कथन छ । चिकित्सकहरुको आन्दोलन नयाँ नभएको बताउदै भदौ १ गते देखि लागु भएको अपराध संहिता २०७४ को विषयमा मुलुकी ऐनका विषयमा छलफल गरेर मात्रै ल्याउनु पर्नेमा सरकारले हचुवाको भरमा ल्याएको उनको दावि थियो ।

विज्ञलाई राखेर मात्रै शुक्रबार सम्म केही निचोड आएको खण्डमा हालको आन्दोलन रोक्न सकिने जानकारी दिदै उनले आन्दोलन रहर नभएर बाध्यता भएको उनको भनाई थियो । अहिले पेशा वाट नै विस्तापित गर्ने गरी आएको कारण चिकित्सकोहरुको हकहितको लागि आन्दोलनको विकल्प नरहेको डा नन्दा गुरुङको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता शालिकराम बन्जाडेले मुलिकी संहितामा असल काम गर्नको लागि कुनै पनि ऐनले नरोकेको धारणा राखे । संहिताको उद्देश्य कुनै पनि अवैध चिकित्सकहरुले काम नगरुन भन्ने हेतुले आएको जानकारी दिदै उनले लोकतन्त्रमा कुनै पनि व्यक्ति अन्यायमा पर्न नहुने बताए । देवानी वा फौजदारी संहितामा केही त्रुटीहरु समेत रहेको बताउदै अधिवक्ता बन्जाडेले त्यसलाई सच्चाउनको लागि सरकार पनि सकारत्मक हुनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डेले मुलुकी संहिताले सामाजिक सञ्जाल नियन्त्रण गर्नको लागि सरकारले ल्याएको हुन सक्ने धारणा राखे । गोपनियताको हक बाट नियन्त्रण गर्न खोजेको कारण खोजी पत्रकारितालाई केही अंकुश लगाउन खोजेको आभाष मिलेको उनको भनाई थियो ।

मुलुकी संहिता सञ्चारलाई नियन्त्रण गर्ने गरी ल्याएको कानुन छलफल विना नै ल्याएको उनको आरोप थियो ।
पत्रकार महासंघ पनि अहिले आन्दोलनको चरणमारहेको भन्दै कानुन विद्संगको छलफलपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए ।

कार्यक्रम रिपोर्टर्स क्लबका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको संचालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.