मुलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी लाखाैंकाे क्षती

रिपोर्ट नेपाल | 2020 May 21 | 09:24 am 1870

काठमाडौं, जेठ ८ः गएराति जिल्लाको कागेशवरी मनोहरा नगरपालिका–४ मुलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी भएको छ ।

खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जानकारी दिएकाे हाे ।

आगलागीबाट १४ लाख  बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.