मुर्कुची बजारमा बाढी पस्दा एककाे मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2019 Jul 16 | 01:26 pm 2800

  • तुल मगर

उदयपुर , असार ३१:  लगातार परेकाे अविरल वर्षाका कारण रौतामाई गाउपालिकाकाे प्रमुख बजार वडा नम्बर ७ मुर्कुचीमा गएराती भीषण बाढी पसेर ठूलाे क्षति पुर्याएकाे छ । बाढीले बगाएर एक १३ बर्षिय बालककाे मृत्यु भएकाे छ भने एक घाइते भएकाे प्रहरीले जानकारी दिए ।

Image may contain: one or more people, people walking and outdoor

मृत्यु हुनेमा स्थानीय आर्यन तामाङ रहेकाे बताइएकाे छ । उनकाे शव त्रियुगा नगरपालिका ६ चुहाडेमा फेला परेको हाे । आमा संग सुंगुरलाई चारो लगाउन गएको आर्यन तामाङलाई एक्कासी आएको बाढीले बगाएको थियो ।

बालकको शव मंगलबार त्रिनपा ६ चुहाडेस्थित खोलामा दाउराकाे  आडमा अड्किएकाे अवस्थामा स्थानीयले फेला पारेको जानकारी दिए ।

Image may contain: one or more people and outdoor

साथै बालकसँगै बगाएको बालकका आमा ४० बर्षिय सुनिता तामाङलाई  भने बगाएकाे ठाउँ भन्दा केही तल बालुवाले छाेपीएको गम्भीर घाइते अवस्थामा मंगलबार बिहान फेला परेको प्रहरीले बताए । घाइते अवस्थामा फेला परेकी सुनिताकाे  स्थिती चिन्ताजनक रहेकाले उनकाे बिराटनगरमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाए ।

त्यस्तै अविरल वर्षाका कारण पहिराेले घर बगाउँदा रौतामाई गाउँपालिका ८  डिल्लीबरकी ५५ वर्षीया रणमाया रिखाम मगरको मृत्यु भएको स्थानीयले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली पठाइएकाे छ । घटना स्थलमा  पैदल गरेर जानुपर्ने भएकोले प्रहरी पुग्न समय लागेकाे हाे । प्रहरी घटनास्थल पुगेपछि सम्पूर्ण कुराकाे पुष्टि हुने जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक बीर बहादुर बुढा मगरले जानकारी दिए।

Image may contain: sky, outdoor and nature

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.