मुर्कुचीमा विज्ञान कला प्रदर्शनीको लागि ८० विद्यालयले सहभागिता जनाउने

| 2023 Feb 19 | 10:51 pm 4673

  • शंकर रिखाम मगर

उदयपुर फागुन, ७ः उदयपुरको प्रतिष्ठित श्री नमुना माध्यमिक विद्यालय रौतामाई ७ मुर्कुचीले ६१औं वार्षिकोत्सव संगै रौतामाई विज्ञान तथा कला प्रदर्शनी फागुन १० र ११ गते भव्यताकासाथ मनाउने विद्यालयका प्राचार्य खड्गवहादुर थापा मगरले जानकारी दिएका छन् ।

प्रदर्शनीमा विज्ञान, कला, सामाजिक र वातावरण गरी चार विद्या समेटेर बालबालिकाहरुले आ–आफ्ना कलाका प्रतिभा प्रदर्शनी गरिने भएको विद्यालयका प्राचार्य थापा मगरले बताए । उक्त प्रदर्शनी गर्ने क्रममा चारै विद्याका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको पनि जानकारी दिए । प्रदर्शनीको लागि जिल्ला भित्रका विद्यालय र छिमेकी जिल्ला समेतका गरि करिव ८० विद्यालयहरुले सहभागिता जनाउने अनुमान गरिएको छ ।

२०७८ सालदेखि नमुना विद्यालयको रुपमा स्थापित भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयको प्रगती प्रतिवेदन सहित शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदनहरु प्रस्तुती गर्नेछ भने विद्यालयलाई योगदान गर्ने दाताहरुलाई सम्मान पनि गरिने विद्यालयका लेखा शाखाका शिक्षक विदुरवहादुर खत्रीले बताए ।

भौतिक रुपमा आधुनिक र सेवा सुविधा सम्पन्न बन्दै गएको विद्यालयमा ५ कक्षा सम्म अंगे्रजी माध्यम साथै कम्प्यूटर शिक्षकको व्यवस्था गरिएको छ भने ०७६ सालदेखि प्राविधिक शिक्षातर्फ सिभिल एन्जिनियरिङ्ग कक्षा संचालन गरिएको छ । प्रदर्शनीको विशेष कार्यक्रमका लागि रौतामाई गाउँपालिका, जाल्पा एकिकृत विकास समाज उदयपुर, बाल बिकास समाज नेपाल, हुरेण्डेक, रेस्ट लगाएतका संस्थाहरु, उद्योग बाण्ज्यि संघ मुर्कुचीले समेत सहयोग रहेको विद्यालयले जनाएको छ ।

रक्तदान कार्यक्रम सहित रहेको वार्षिकोत्सव उद्घाटन समारोहमा प्रमुख अतिथि रौतामाई गापा अध्यक्ष विरेन्द्रकुमार आले मगरले सम्बोधन गर्ने भएको छ भने दोश्रो दिनको समापन समारोहलाई प्रदेश नं. १ का संघीय सांसद अम्बरबहादुर रायामाझीले सम्बोधन गर्नेछन् ।

May be an image of text that says "रौतामाई विज्ञान तथा कला प्रदर्शनी-२०७९ आयोजक प्रायोजक हुरेन्डेक नेपाल उदयपुर जाल्पा एकीकृत विकास समाज उदयपुर ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी अम्बिका अफसेट लाहान बालविकास समाज नेपाल ओरेक नेपाल रौता समुदाय हित केन्द्र रौतामाई उद्योग वाणिज्य संघ मुर्कुची नमुना मा .वि मुर्कुची एस.एल.सी. व्याच -२०६१ यु.एस.आर.निर्माण निर्माण सेवा प्रा.लि. रौतामाई गाऊँपालिका सहयोगी संस्थाहरु PALNN फरक पत्र रेडियो उदयपुर ब्लड़ फर नेपाल पूर्णपुष्टि साप्ताहिक इन्जिनियर भ्लगस Secondary School Niomuma Shtes m #Phulema-7 Udayapur श्री नमुना मा .वि. मुर्कुची स्थान श्रीनमुना मा वि मुर्कुर्ची, उदयपुर मिति २०७९ फाल्गुन १० र ११ गते"

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.