मुम्बई उड्न लागेको विमानबाट शंकास्पद व्यक्ति पक्राउ

| 2022 Aug 03 | 04:07 pm 1301

काठमाडाैं, साउन १८ः मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानमा एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि प्रहरीले पक्राउ गरेकाे छ।

विमान रोकेर चेकजाँच गरेर उक्त विमानमा चढेका यात्रु सन्तोष लामिछानेलाई  नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

प्रहरीलाई आएकाे सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचनाका आधारमा नेपाल एयरलाइन्सलाई आग्रह गरेर लामिछानेलाई नियन्त्रणमा लिएकाे हाे।

विमानमा अधिकांश सुनचाँदी व्यवसायीहरु रहेको प्रहरीको भनाइ छ। उनीहरु मुम्बई भ्रमणमा जान लागेको स्रोतको भनाइ छ।

‘मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमानमा शंकास्पद् व्यक्ति रहेको सूचना पाएका थियौं। उनीविरुद्ध कैलाली प्रहरीमा जाहेरीसमेत परेको रहेछ। उड्नै लागेको विमानलाई नियन्त्रमा लिएर सन्तोष लामिछानेलाई नियन्त्रमा लिएका छौं। थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरीको उच्च स्रोतले भन्यो।

विमानस्थलबाट १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाज ३: २० मा उडेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.