मुनपामा एकपक्षिय बहुमतको आधारमा बिना सहमति बजेट पास

रिपोर्ट नेपाल | 2020 Jun 30 | 01:00 pm 4009

गुल्मी, असार १६ः जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक बर्ष २०७७ र ७८ को वजेट बिना सर्वसहमति पारित गरेको छ ।

उक्त बजेटलाई नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सर्वसहमतिबाट ल्याउन र आफूले राखेका जनपक्षिय मागहरुलाई पनि समावेश गर्न भनि पेश गरेका थिए ।

तर, उक्त मागलाई बेवास्ता गरी एकपक्षिय बहुमतको आधारमा बिना सहमति बजेट पास गरेको प्रति नेपाली कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले बताएका छन् ।

बजेट पास हुन अघि नेपाली कांगेसबाट निर्वाचित जनप्रतिनिधिहरुले उल्लेखित मागहरु राखेका थिए ।

१.यो कोभिड १९ को विपतको बेला गाडी ,ईन्धन, भत्ता, भ्रमण आदिमा हुने फजुल खर्चलाई न्युनिकरण गरियोस।

२.मुसिकोट मै पिसिआर टेस्ट गर्ने तयारीका साथ पुर्ण रुपले कोभिड १९ केन्द्रीत बजेट ल्याईयोस।

३.फ्रन्टलाईनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई प्रत्साहन भत्ता दिईयोस र उनिहरुको पनि पीसिआर परिक्षण होस।

४.बिपतको मौका छोपी विकासका योजनाको रकम घटाएर जनप्रतिनिधिलाई तलव, भत्ता वृद्धी नगरियोस ।

५.मलेप प्रतिबेदनका सुझाबहरुलाई अविलम्व कार्यान्वयन गरियोस ।

६.जथाभावी डोजर लगाउदा मुनपा ४ दजाकोट, १ को पौदी अमराई, २ र ३ को मुसिकोट बडागांउ र ७ को वामी परुवा लगायतका धेरै घर जोखिममा परेका छन। पर्याबरणिय प्रभाव मुल्याकन बिना डोजर चलाउन रोकियोस। जोखिममा परेका घरहरुलाई जोगाउन र पुनर्स्थापनाको लागि आवस्यक वजेट विनियोजन गरी तुरुन्त काम संचालन गरियोस ।

७.क्वारेन्टीनहरुलाई अझै व्यबस्थित बनाईयोस। स्वास्थ्य सुरक्षामा ध्यान दिइयोस।

८.कार्यकर्तालाई अनुदान दिने र लाखौ रकम अनुत्पादनमुलक क्षेत्रमा प्रवाह गर्ने काम अबिलम्ब रोकियोस। कृषि उत्पादन बढाउन उत्पादनमा आधारित अनुदान र बजार व्यवस्थापन गर्ने काम नगरपालिकाले प्रारम्भ गरोस।

९.कोभिड १९ को कारण न्यून बर्गिय परिवारमा चरम आर्थिक संकट सृजना भएकोले राहत वितरण सहित उनिहरुको बाच्ने आधारको प्रत्याभुती गरियोस।

१०.लक डाउनबाट पिडित बनेका कृषक व्यापारी तथा व्यावशाहिलाई सुलभ कर्जा प्रवाह र व्याज छुटको व्यवस्था गरियोस।

११.विज्ञापन विना पर्दा पछाडिको कार्यकर्ता भर्ती अभियान वन्द गरियोस ।

१२.नगरपालिका भित्रका अबरुद्ध सडकहरु यथाशक्य छिटो सुचारु गरियोस।

१३.सार्वजनिक खरिदलाई कानुन सम्मत र व्यवस्थित बनाईयोस।

१४.प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धी मुलक र उत्पादनमुखी बनाईयोस।

१५.वडा तथा नगर स्तरीय योजनाको कार्यान्वयन र फरफारकमा गरीएका ढिलासुस्ती र दुख दिने प्रवृतीको अन्त्य गरियोस ।

साथै, अहिलेको परिस्थितीमा माथि उल्लेखित विषयहरु अत्यन्त महत्वपूर्ण रहेका छन् । वहुमतको दम्भमा यी विषयलाई उपेक्षा गरिएमा यो नगरसभा वहिस्कार गर्न वाध्य हुने भनि नेकाबाट निर्वाचित जनप्रतिनिधि पूर्ण वहादुर हितान अध्यक्ष वडा नं १, घन वहादुर खत्री सदस्य वडा नं ९, शंकर परियार सदस्य वडान ९, रेणुका सापकोटा सदस्य वडा नं ९ र फूलमाया वि क सदस्य वडा न ९ ले माग प्रस्तुत गरेका थिए ।

सोमबारको नगर सभामा नेकावाट निर्वाचित प्रतिनिधिले वजेटमा यी विषय समावेस गरियोस भनेर सभामा पढी पेश गरेक थिए । तर, नेका जनप्रतिनिधिको बजेट प्रति असहमति हुँदाहुँदै पनि सर्वसहमति नगरी वहुमतको आधारमा बजेट पास गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.