मुगुमा बाक्लो हिमपात, जनजीवन कष्टकर

| 2020 Feb 21 | 05:55 pm 2484

मुगु, फगुन ९: शुक्रबार बिहानदेखि उच्च हिमाली जिल्ला मुगुमा बाक्लो हिउँ परेको छ । हिमपातले त्यहाँको जनजीवन कष्टकर बनाएको छ।

चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको वर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको हो।

सदरमुकाम गमगडी र आसपासका गाउँमा बिहान आठ बजेदेखि लगतार वर्षा भएको छ। जिल्लाका अन्य सबै बस्ती तथा उच्च हिमाली क्षेत्रमा भने बाक्लो हिमपात भइरहेका कारण जिल्लाभरको जनजीवन कष्टकर भएको स्थानीयले जानकारी दिएको छ।

हिमपातका कारण जिल्लाको एक मात्र रारा विमानस्थलमा हवाई सेवा तथा नाग्मा–गमगडी सडकखण्ड अवरुद्ध हुँदा आ–आफ्ना गन्तव्य स्थाततर्फ जाने आउने यात्रु अलपत्र परेको छन्।

नेपालगंज र सुर्खेतबाट आउँदै गरेको यात्रुबाहक र व्यापारीका सामन ल्याएर आएका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

त्यसैगरी हवाई सेवाबाट यात्रा गर्ने यात्रुहरू रारा विमानस्थल ताल्चामा अलपत्र परेका छन्।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका ९ वडाका १५ बस्तीमा सबैभन्दा बाक्लो हिमापत भएको छ।

हिमपातले गर्दा सबैभन्दा बढी पशुचौपायलाई घाँसपात तथा जंगलमा चराउन समस्या भएको मुगुम कार्मारोङ गाँउपालिका ९ का पूर्णबहादुर बुढाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.