मुगुका सबै बिक्री केन्द्रमा करिब ६ महिनापछि खाद्यान्न पुग्याे

रिपोर्ट नेपाल | 2021 Jan 28 | 09:03 am 3533

मुगु, माघ १५ः हिमाली जिल्ला मुगुका सबै बिक्री केन्द्रमा करिब ६ महिनापछि खाद्यान्न पुगेको छ । जिल्लाका डिपो तथा बिक्री केन्द्रहरूमा चामल पठाउन ठेक्का पाएको शर्मा ढुवानी सेवा केन्द्रलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले बारम्बार ताकेता गरेपछि खाद्यान्न पु-याइएको हो ।

यसअघि नेपाल समाचारपत्रमा मुगुका लागि आएको चामल प्रदेश राजधानीमै गायब, दशैंको मुखमा मुगुका गाउँमा खाद्यान्न डिपो रित्तैलगायतका समाचार प्रकाशित भएका थिए । सामाचार प्रकाशित भएसँगै शाखा कार्यालय गमगढीले ताकेता गरेपछि ६ महिनासम्म रित्तै भएको पुलु डिपो केन्द्रमा पुस पहिलो साता खाद्यान्न पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार बौद्ध धर्मावलम्बलीको ल्होसार पर्व लक्षित खाद्यान्न पु¥याएको शाखा कार्यालय मुगुका कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । शाखा कार्यालय सदरमुकाम गमगढी बजारबाट पुलु डिपो केन्द्रका लागि ३५ क्विन्टल र सुर्खेत शाखा कार्यालयबाट २ सय ७० क्विन्टल खाद्यान्न ढुवानी भएर आएको उनको भनाइ छ ।

त्यस्तै, सोरु गाउँपालिकाको सोरुकोट डिपो केन्द्रमा २ सय क्विन्टल चामल मौज्दात छ भने कालै बिक्री केन्द्रमा १ हजार ९० क्विन्टल खाद्यान्न मौज्दात रहेको अधिकारी बताउछन् । खत्याड गाउँपालिकाको रातापानीमा रहेको डिपो केन्द्रमा ६० क्विन्टल खाद्यान्न छ भने शाखा कार्यालय गमगढी बजारमा २ हजार ८ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको सूचना अधिकारी पुष्कर भामले बताले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.