मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान

रिपोर्ट नेपाल | 2019 Jul 02 | 07:08 am 3349

काठमाडौं, असार १७:   प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनमा भाग लिनका सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त कार्यक्रको प्रमुख अतिथि मुख्यमन्त्री राई रहनेभएको छ । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले दिएकाे जानकारी अनुसार राईले गैर आवासीय नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम छ।

उक्त कार्यक्रममा प्रदेश १ को विकास प्रक्रियाका बारेमा मुख्यमन्त्री राईले सम्बोधन गर्नुका साथै गैर आवासीय नेपालीको भूमिकाको विषयमा समेत धारणा राख्ने जनाईएको छ।

प्रदेश १ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ ।

लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्ने । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।

सम्मेलनको आयोजना अमेरिकामा रहेका नेपाली चार संस्था एसोसियशन अफ् नेप्लिज इन अमेरिका, एसोसियशन अफ् नेप्लिज इन मिड वेस्ट अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज र बाल्टिमोर एसोसियशन अफ् नेप्लिज इन अमेरिकाले संयुक्त रुपमा गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.