- महेश सिंह
सिराहा, भदौ १६: प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत आईतबार सिराहा स्थित ५ वटा माध्यमिक स्तरका विद्यालयमा ४ सय ६२ वटा साईकल वितरण गरेका छन् ।

साईकल वितरण गर्ने क्रममा लाहान नगरपालिका ३ स्थित रहेको लक्ष्मण ललिता माविमा १ सय ३ वटा, त्यसै गरी, सुखीपुर नगरपालिक वडा नम्बर २ को जनता माविमा ५७ वटा, नरहा गाउँपालिकामा रहको जनात वन माविमा १ सय १२ वटा, मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित मोहन माध्यमिक(प्राआ) विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नम्बर ७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मावि फुलवरीयामा ७७ वटा गरी जम्मा ४ सय ६२ वटा साईकल वितरण गरिएको थियो ।
उक्त साईकल उल्लेखित विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई वितरण गरिएको हो । साईकल वितरण अभियान अन्तरगत मुख्यमन्त्री राउतले आर्थिक वर्ष २०७५/२०७६ मा १४ हजार साईकल वितरण गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री राउतले साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताए । मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाएका छन् ।
उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए । महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे ।
कार्यक्रमको बिशिष्ट अतिथि सिराहा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’का प्रदेशसभाका सांसद दिलिप साह, समाजवादी पार्टी नेपाल प्रदेश नम्बर २ प्रदेश सदस्य र सिराहा जिल्लाका सह–ईन्चार्ज विष्णु साह, लाहान नगर प्रमुख दिनेश महतो, मिर्चैया नगरपालिकाका उपमेयर जिवछी देवी साह, मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द पैडेल,समाजवादी पार्टी नेपालका केन्द्रीय महिला अध्यक्ष निर्माला यादव, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतम, नगरका विभिन्न वडाका वडाध्यक्षहरु, युवा नेता राम चलितर महतो, ललित महतो, ग्यान महतो, राज कुमार गुप्ता, परियाग लाल यादव, नेत्री ललित दास, जिल्ला अध्यक्ष अशोक यादव, राम उदगार महतो लगातका युवा नेताहरुको उपस्थिति रहेको थियो ।
साथै सम्बन्धीत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको लक्ष्मन ललिता माध्यमिक विद्यालयका शिक्षक श्यामसुन्दर महतोले जानकारी दिए ।