काठमाडौं, जेठ २२: ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले इटहरी उप महानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई आत्मआलोचना गर्न सुझाव दिएका छन् । नगरपिता जस्तो गरिमामय पदमा आसिन चौधरीले त्यहाँका एक पत्रकारलाई नाकको डाँडी भाँचीदिन एक करोड नगद र एउटा घडेरी छुट्टाएको भन्ने छुद्र बोली बोलेका थिए ।
मेयरको उक्त धम्कीका विषयमा चौतर्फी आवाज उठ्दै उनी प्रति जनआक्रोश बढ्दै गइरहेका बेला मुख्यमन्त्री पोख्रेलले पनि एक स्टाटस लेख्दै मेयरको आक्रोश पितपत्रकारीता र भष्ट्राचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत रहेको जनाएका छन् ।

मेयर चौधरी हकी स्वभावको भएको कुरा अभिव्यक्तिबाट थाहा भएको बताउँदै मुख्यमन्त्री पोख्रेलले मेयरको अभिव्यक्ति पार्टीको मान्यताका बारेमा भने पूर्णत त्रुटीपूर्ण भएको आफ्नो स्टाटसमा उल्लेख गरेका छन् । जनताको बहुदलिय जनवाद दिक्षित कार्यकर्ताले लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रति झनै प्रतिबद्ध रहनुपर्ने पोख्रेलको भनाई रहेको छ ।