दाङ, भदौ २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरिक्षण गरेका छन्। मुख्यमन्त्री चौधरीले बुधवार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्द्रको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधार लगायत अन्य सरकारी संरचनाको निरीक्षण गरेका हुन् ।
डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था कार्यालयललाई दिने र त्यहाँ रहेको सामाजिक विकास डिभिजन कार्यालय शिक्षा तालिम केन्द्रको पूर्वाधारमा सार्ने प्रदेश सरकारको निर्णय पछि मुख्यमन्त्री चौधरीले त्यस क्षेत्रको अनुगमन तथा निरीक्षणमा निस्केका हुन् । शिक्षा तालिम केन्द्र, सामाजिक विकास डिभिजन रहेको कार्यालय क्षेत्रको निरीक्षण र अनुगमन गर्दै मुख्यमन्त्री चौधरी कार्यालय व्यवस्थापनको काममा जुटन सरकारी निकाय र पूर्णरुपमा सहयोग गर्न स्थानीयहरुलाई निर्देशन दिएका थिए । आबश्यकता अनुसार कार्यालयहरु स्थानान्तरण तथा व्यवस्थापन गरिएको भन्दै उनले त्यसलाई तत्काल कार्यान्वयनको चरणमा लैजान निर्देशन दिएका छन् ।
स्थानीयहरुले सरकारले सहि निर्णय गरेको भन्दै, सरकारको निर्णयमा पूर्णरुपमा सहयोग र सहकार्य गर्ने बताएका थिए । मुख्यमन्त्री चौधरीले तुलसीपुरमा रहेका अन्य केहि सरकारी संरचनाको समेत निरीक्षण र अनुगमन गरेका थिए ।