मुखले मीठा सैद्धान्तिक कुरा गर्ने सरकार, व्यवहारले सामन्ती बन्दैछ- पूर्वप्रधानन्यायाधीश कार्की

| 2018 Jul 03 | 05:12 pm 3758

काठमाडाै‌ , १९ असार : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा. गोविन्द केसीप्रति बेवास्ता गर्नु गतल भएको बताएकी छिन्

डा. केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्कीले विपन्न वर्गको हितमा आफ्नो अडान राखेका सरकार शोषक, सामन्तीको लाइनमा लागेको समेत बताइन् ।  पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भनिन् ‘डा. गोविन्द केसीको माग नाजायज हो र ?  हो भने सरकारले नाजायज हो भन्न सक्नुपर्थ्यो’।

सरकारमा गएपछि जोसुकै पक्षले पनि शोषक समूहलाई सहयोग गर्ने परिपाटी बसेको बताइन् । उनले भनिन् मुखले मीठा सैद्धान्तिक कुराकानी गर्ने, व्यवहारले सामन्ती बन्दैछ।’ आफ्ना सन्तानको शोक व्यहोरेका कतिपय नेताहरुले वीर अस्पतालमा अनशनरत गंगामायाको पीडा नबुझेको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘संविधानमा नै शान्तिपूर्ण रुपमा भेला हुन र विरोध गर्न पाइन्छ भन्ने व्यवस्था छ। जंगलमा गएर शान्तिपूर्ण रुपमा भेला हुनुपर्छ भनिएको होइन। सबैले सुन्ने ठाउँमा नै बोल्ने हो।’

चिकित्सा शिक्षा आयोगका तत्कालीन संयोजक केदारभक्त माथेमाले नेपालको स्वास्थ्य सेवा विपन्नको पहुँचमा पुर्‍याउन मेडिकल शिक्षामा सरकारी लगानी हुनुपर्ने बताए। आफूले प्रतिवेदनमा समेत त्यही विषयलाई जोड दिएको उल्लेख गर्दै सरकारले उल्टो बाटोमा हिँड्ने प्रयास गरेको टिप्पणी गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.