काठमाडौं, १८ असोज : यसवर्षको मिस्टर नेपाल वल्र्डको उपाधि विकल्प श्रेष्ठले जितेका छन् । मिस्टर वल्र्डको फेन्चाइजी शो मिस्टर नेपाल २०१८ मा १८ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेका हुन् । उनी मिस्टर वल्र्डमा सहभागी हुन पाउनेछन् । प्रतियोगितामा मिस्टर युनिभर्सल एम्वेसडरको उपाधि सुसन मर्हजनले र मिस्टर नेपाल म्यान अफ द इयरको उपाधि सन्दीप केसीले जितेका हुन् ।
त्यस्तै प्रतियोगिताको मिस्टर नेपाल म्यान इन्टरनेशनको उपाधि प्रदीप न्यौपाने, मिस्टर नेपाल म्यान एटिच्युडको उपाधि चन्दन चौधरी, एक्सपोज नेपाल टुरिजम एम्वेसडर सागर परियार, एक्पोज नेपाल युथ एम्वेसडर सविन बराल र एक्पोज नेपाल स्पोटर्स एम्वेसडर दिपेश श्रेष्ठले हात पारेका छन् ।
एक्पोज नेपालको आयोजना र सुजुकी इन्टुडरको प्रायोजनमा भएको कार्यक्रममा विजेताहरूलाई विभिन्न नगद र पुरस्कार प्रदान गरिएको थियो । उपाधि जितेका श्रेष्ठलाई सुजुकीका प्रमुख कार्यकारी प्रमुख अर्चना बस्नेत र बजार प्रबन्धक नवराज कोइरालाले सुजुकी इन्टुडरको साचो हस्तान्तरण गरेका थिए ।