काठमाडाैं, कात्तिक ३ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेको छ ।
सोही क्रममा, मिति २०७९ कार्तिक ०२ गते UNITED NATIONS MULTIDIMENSIONAL INTEGRATED STABILIZATION MISSION IN MALI (MINUSMA), मालीमा तैनाथ श्री ई.ओ.डि. गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री ई.ओ.डि. गुल्म (शान्ति सेना) नवौं डफ्फाको अन्तिम टोली सेनानी पवन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरु UN Chartered Flight (Nepal Airlines Airbus A-320) मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।
साथै, उक्त मिशनमा तैनाथ श्री ई.ओ.डि. गुल्म (शान्ति सेना) आठौं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरु मिति २०७९ कार्तिक ४ गते स्वदेश आगमन हुने समेत जानकारी गराईएकाे छ ।