मिसन कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

रिपोर्ट नेपाल | 2023 Jan 09 | 05:44 pm 3405

काठमाडाैं, पुस २५ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई योगदान पुर्‍याउँदै आईरहेको छ । सोही क्रममा, मिति २०७९ पुस २४ गते UNITED NATIONS ORGANIZATION STABILIZATION MISSION IN DEMOCRATIC REPUBLIC OF CONGO (MONUSCO), कंगोमा तैनाथ फौजलाई बदली गर्नको लागि श्री नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फा, श्री Quick Reaction Force Company (शान्ति सेना) दोश्रो डफ्फा (QRF Coy) र श्री नं.२६ फिल्ड गुल्म (शान्ति सेना) २६ औं डफ्फा (Engr Coy) को २६७ जना शान्ति सैनिकहरु सेनानी कमल थापाको नेतृत्वमा Nepal Airlines को विमानमार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

उक्त मिशनमा तैनाथ श्री फष्ट रैफल गण (शान्ति सेना) २८ औं डफ्फा, श्री Quick Reaction Force Company (शान्ति सेना) पहिलो डफ्फा (QRF Coy) र श्री नं.२५ फिल्ड गुल्म (शान्ति सेना) २५ औं डफ्फा (Engr Coy) को अन्तिम टोलीका २५५ जना शान्ति सैनिकहरु प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा मिति २०७९ पौष २६ गते स्वदेश आगमन हुने कार्यक्रम रहेको छ । हाल MONUSCO, कंगोमा तैनाथ नेपाली सेनाका ३ युनिटहरुमा ११२६ जना सकलदर्जाहरुका साथै स्टाफ तथा अब्जर्भर नियुक्तिहरुमा समेत फौजहरुको सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.