पाल्पा, मंसिर २ : दुवै मिर्गौला बिग्रीएर पीडित बनेका १५ वर्षीय बालक मिलन सार्की नेपालीले गरिबिका कारण उपचारमा समस्या आएको भन्दै जीवनको भिख मागेका छन् ।
पाल्पा रामपुर नगरपालिका वडा नम्बर ९ घर भई बुटवलमा बसोवास गर्दै आएका मिलनको दुवै मिर्गौला फेल भएका कारण उपचारका लागि रकम नभएका कारण मृत्युसँग लडिरहेका छन् ।
आर्थिक अवस्था अत्यन्तै दयनीय भएको भन्दै परिवारले मिलनको जीवन रक्षाका लागि दाताहरुसँग सहयोगको हात थापीरहेका छन् ।बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार गराइरहेका मिलनले आफू बाँचेमा पछि अन्य यस्तै बिरामीहरुको जीवन रक्षाका लागि लागिरहने बताएका छन् ।