मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलनमा उत्रिन विप्लवको अपिल

रिपोर्ट नेपाल | 2019 May 22 | 10:27 am 1762

काठमाडौं, जेठ ८: संसदीय व्यवस्था मान्ने विभिन्न राजनीतिक पार्टी, त्यसमा पनि सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले व्यापक बिरोध गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध नेत्र विक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्नो मुख खोलेको छ । पार्टीका महासचिव विप्लवले
बुधबार बिहान एक प्रेस विज्ञप्ति जारी गरेर मिडिया काउन्सिल विधेयकविरुद्ध मुख खोलेका हुन् ।

पार्टी महासचिव विप्लवले मंगलबार जारी गरेको प्रेसविज्ञप्तिमा त्यस विधेयकको विरोध गर्नुका साथै त्यस विधेयकबिरुद्ध भए गरेका आन्दोलन र संघर्षहरूप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन् । साथै उनले सोही विज्ञप्तिमार्फत सबै पत्रकारहरूलाई मिडिया काउन्सिल विधेयकविरुद्धको आन्दोलनमा उत्रिन अपिल पनि गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.