काठमाडौं, वैशाख ३० : समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संचारकर्मीको व्यवहारका कारण सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोध गर्नेहरु अप्ठेरोमा परेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा मार्फत यस्ताे बताएका हुन् ।
भट्टराईले ट्वीटरमा लेखेका छन् ‘केही मिडियाकर्मीको यस्तो अहंकारी, उदण्ड, अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ!एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडियानेतृत्वको ध्यान पुगोस् ! भनेर लेखेका छन् । आइतबार राती सकस राजनीतिमा अन्तरवार्ताका क्रममा सोधेको प्रश्नको जवाफ नदिएर उपप्रधानमन्त्री यादव स्टुडियोबाट बाहिरिएका थिए ।