रूपन्देही, जेठ १६ः विद्युतकाे मिटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तिलाेत्तमा नगरपालिका मणिग्राम स्थित विद्युत प्राधिकरणकाे कार्यालयमा कार्यरत प्राविधिक कर्मचारी ४२ बर्षीय मान बहादुर थारु रहेका छन् ।
शुक्रबार दिउसो करिव पाैने ३ बजे तिर तिलाेत्तमा नगरपालिका वडा नं ८ दिपनगरमा रहेकाे सामुदायिक सिंचाइ प्रणालीकाे पम्पमा बिधुत मिटर जडान गर्ने क्रममा विद्युत पाेलमा चढदा करेन्ट लागी मृत्यु भएकाे प्राधिकरणले जनाएकाे छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका थारूकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा निधन भएकाे नेपाल पिद्युत प्राधिकरण नयाँमिल साखाका प्रमुख कमर आलम खानले बताए ।
थारू तिलाेत्तमा नगरपालिका वडा नं १० सेमराका स्थायी बासिन्दा हुन् । उनी १६ बर्ष देखि विद्युत प्राधिकरणमा कार्यरत थिए भने ८ बर्ष देखि स्थायी भएका थिए ।