सोलुखुम्बु, फागुन ७ : दुधकुण्ड नगरपालिका–४ सुर्के घर भई ठेकेदारको काम गर्ने ३६ वर्षीय धनकुमार श्रेष्ठको मिक्स्चर मेशिनले च्यापिएर सोमबार साँझ मृत्यु भएको छ ।
सोही नगरपालिका–७ गार्मा माविको नवनिर्मित भवनमा काम सकेर मिक्स्चर मेशिन सार्ने क्रममा उक्त मेशिन खाल्डोमा परी पल्टन गई सोही मेशिनले च्यापिएर गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको छ ।