माेरङमा एकैपटक तीन बच्चाकाे सकुशल जन्म

रिपोर्ट नेपाल | 2019 Sep 17 | 01:13 pm 2294

मोरङ, भदौ ३१: प्राय जसो नेपालमा २ वटा बच्चा जन्मेका हामीले देखेका वा सुनेका छौँ । तर यस पटक भने एकैपटकमा ३ वटा बच्चालाई एक महिलाले सकुशल जन्म दिएकी छन् ।

मोरङको पथरीशनिश्चरे १ की भगवती खडकाले गत शनिबार विराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक २ छोरी र एक छोरा गरी ३ सन्तानलाई जन्म दिएकी हुन् ।

३ जना बच्चा र आमाको स्वास्थ्य अवस्था समेत नर्मल रहेको अस्पतालले जानकारी दिए। भगवतीका श्रीमान मनोज हाल बैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको परिवार स्रोतले बताए ।

उनका काका कुमार खडकाले परिवारमा पहिलोपटक ३ जना सन्तान जन्मिएकोमा खुसी सँगै आफुलाई समेत आश्चर्य लागेको बताए । अस्पतालले समेत राम्रो हेरचाह गरेका कारण हाल कुनै समस्या नरहेको र केही दिनमै उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगिने तयारी रहेको खडकाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.