मास्क नलगाएको निहुँमा पक्राउ परेका दुई जनालाई रिहा गर्न सर्वाेच्चकाे आदेश

| 2020 Sep 01 | 07:45 am 2456

काठमाडाैं, भदाै १६ः मास्क नलगाएको निहुँमा नेकपा माओवादी (विप्लव) समूहका उमा भुजेल र सुमनसिंह पौडेल एक महिनाभन्दा बढी प्रहरी हिरासतमा रहनुपरेको छ । विनाकारण बन्दी बनाइएको उल्लेख गर्दै सर्वोच्च अदाललते भुजेल र पौडेललाई रिहा गर्न आदेश दिएबमोजिम उनीहरु आइतबार मुक्त भएका छन् ।

भुजेललाई हातहतियार तथा खरखजाना मुद्दामा २०७७ साल साउन १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । भुजेललाई सुनसरी जिल्ला अदालतले उक्त मुद्दामा साधारण तारेखमा छुटाउन आदेश दिएको थियो । छुटेकै दिन यही भदौ २ गते इलाका प्रहरी कार्यालय, कञ्चनपुर सप्तरीको प्रहरी टोलीले भुजेललाई पुनः पक्राउ गरेको थियो ।

त्यसपछि अभद्र व्यवहार गरेको आरोपमा भुजेललाई जिल्ला प्रशासन कार्यालय, सप्तरीमा पेस हुँदा १५ दिन थुनामा राख्ने अनुमति दिइएको थियो । यसरी गत साउन १२ गतेदेखि गैरकानुनीरुपमा बन्दी बनाएर राखिएको उल्लेख गर्दै भुजेलका तर्फबाट प्रतिमा भुजेलबाट सर्वोच्चमा रिट निवेदन दायर भएको थियो ।

भुजेललाई पक्राउ गर्नुको कारणसहित रिट निवेदनमा उल्लेख भएका विपक्षीबाट लिखित जवाफ सर्वोच्चमा पठाएका थिए । लिखित जवाफमा मास्क नलगाई बाटोमा हिँड्नुपर्ने कारणबारे सोध्दा भुजेलले प्रहरीमाथि अभद्र व्यवहार गरेकोले पक्राउ गर्नुपरेको उल्लेख छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.