माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने पाण्डे पक्राउ

| 2023 Oct 04 | 04:04 pm 1717

काठमाडाैं, असोज १७ । तनहुँ व्यास नगरपालिका वडा नं. १२ स्थाई घर भई हाल काठमाडाैं थानकोट बस्ने  २९ वर्षीय  रन्जन पाण्डेले बिष्णु विक्रम खड्का समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी ठगी गरेका छन् ।

उनले माल्टा जानका लागि प्रतिव्यक्ती  ८ लाख लाग्ने र  माल्टा पुगेपछी फूड डेलीभरीमा काम लगाइदिने, मासिक  १ लाख  भन्दा धेरै तलव हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ६ लाख  लिई सम्पर्क विहीन भई ठगी गरेको खुलेको छ ।

पिडितहरुले वैदेशिक रोजगार विभागमा निवेदन दिए पछि काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रन्जन पाण्डेलाई खोजतलास गरी  सामाखुशीबाट पक्राउ गरेको कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.